सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाउन बनेको क्षेत्राधिकार मस्यौदा कार्यदलको बैठक सुरु

काठमाडौं / सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको क्षेत्राधिकारको मस्यौदाका लागि कार्यदलको बैठक सुरु भएको छ।
बैठक सिंहदरबार स्थित कानुन मन्त्रालयमा सुरु भएको हो । कानुनमन्त्री पदम गिरीको संयोकत्व रहेको कार्यदलमा कांग्रेसका जीवन परियार, एमालेका महेश बर्तौला र रास्वपाका शिशिर खनाल सहभागी छन् ।
सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउन सत्ता पक्ष र प्रतिपक्षबीच हिजो सहमति भएको थियो।
हिजो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको चार दलका शीर्ष नेताहरुको बैठकले यस्तो समितिका बनाउनका लागि सहमति गरेको गरेको हो ।
कांग्रेसले लामिछानेमाथि सहकारी ठगी प्रकरणमा समिति गठन गर्नुपर्ने माग गर्दै संसद्मा अवरोध गर्दै आएको छ ।
कांग्रेसको अवरोधका कारण बिहीबारको बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन भने शुक्रबारका लागि बोलाइएको बैठक बस्दै नबसी आजसम्मका लागि स्थगित गरिएको थियो ।
प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
२.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
३.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
४.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस
-
५.
झापामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु