अफगानिस्तानको भीषण बाढीमा परी ७० जनाको मृत्यु

काठमाडौं / अफगानिस्तानको घोर र फरयाब प्रान्तमा आएको भीषण बाढीमा परी कम्तीमा ७० जनाको मृत्यु भएको छ ।
अफगानी सञ्चारमाध्यम टोलो न्यूजका अनुसार शुक्रबार अचानक आएको बाढीमा परी अरु केही व्यक्ति बेपत्ता र घाइतेसमेत भएका छन्। मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । अफगान अधिकारीहरुका अनुसार यी क्षेत्रमा भारी वर्षापछि बाढी आएको हो ।
बाढीबाट कयौँ पशुहरु मरेका छन्। २ हजारभन्दा बढी घर नष्ट भएका छन्। गत हप्ता मात्रै अफगानिस्तानमा बाढीबाट ३ सय बढीको मृत्यु भएको थियो। भारी वर्षाले खेतीपाती नष्ट गरेको छ ।
अफगानिस्तानको ४ करोड जनसंख्यामध्ये ८० प्रतिशत खेतीपातीमा निर्धर छ। त्यहाँको मौसम विभागले आगामी दिनमा कयौँ क्षेत्रमा भारी वर्षा हुन सक्ने चेतावनी दिएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस