कांग्रेसले गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न नदिएको भन्नु गलत : शेखर कोइराला

काठमाडौँ / नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो पार्टीले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न नदिएको भन्नु गलत भएको दावी गरेका छन्।
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनले शनिवार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा उनले उपप्रधानमन्त्री लामिछानेलाई संसदमा बोल्न नदिएको आरोप लगाइरहँदा कांग्रेसले बोल्न दिने कुरामा सहमत भएको जिकिर गरेका हुन्।
‘रवि लामिछानेजीको इस्युमा हामीले बोल्न नदिएको होइन रविजीलाई बोल्नुस् भनेर भनेकै हो तर हामीहरुले के भनेको थियौँ भने तपाईंले बोलिसकेपछि हामीलाई चित्त बुझ्यो भने हामी बस्छौँ‚’ उनले भने‚ ‘होइन भने हामी तपाईंले बोलेको खण्डन गर्छौं भन्दा स्वीकार्य भएन।’
उनले उपप्रधानमन्त्री लामिछाने आफैँले संसदमा उभिएर आफूमाथि लागेको सहकारी ठगी छानविनका लागि संसदीय समिति बनाउनुपर्ने धारणा राख्नुपर्ने बताए।
‘हामीहरुले राजीनामा पनि मागेको छैन। हामी त के भन्छौँ भने उहाँ सरकारमा नभएको भए, त्यो पनि गृहमन्त्री नभएको भए हामी केही पनि गर्दैन थियौँ होला‚’ उनले भने‚ ‘हामी के भन्दैछौँ भने निष्पक्ष छानबिन अब देशभरको छानबिन त सांसदले गर्ने होइन होला। रविजीलाई जुन कुराको चार्ज लगाइएको छ‚ त्यो होइन भनेर उहाँले पुष्टि गरिदिनु पर्यो।’
उनले उपप्रधानमन्त्री लामिछानेले सहकारी ठगीमा मुछिएपछि गृहमन्त्री भएर बस्न नमिल्ने बताए। उपप्रधानमन्त्री भए फरक नपर्ने तर गृह मन्त्रालयमा बस्न भने उनले नमिल्ने नेता कोइरालाले बताए।
‘त्यो पुष्टि हुनका लागि उहाँ मन्त्री नै हुनुहोस्‚ उपप्रधानमन्त्री नै बसिरहनु होस् तर गृह मन्त्रालयमा त बस्नु भएन नि उहाँले। गृह मन्त्रालयका बसेर सिआईबीले कसरी छानबिन गर्छ?‚’ उनले भने‚ ‘देशभरिको सहकारीलाई सरकारले छानविन गर्ने भनेको सरकारी निकायहरुले छानबिन गर्ने हो। कांग्रेस, एमाले, माओवादी वा सांसदहरुले छानबिन गर्ने त होइन होला।’
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस