अफगानिस्तानमा गोली चल्दा तीन स्पेनी नागरिकको मृत्यु

मध्य अफगानिस्तानको बाम्यान प्रान्तमा शुक्रबार भएको गोली हानाहानमा मारिनेमा तीनजना विदेशी स्पेनिस नागरिक भएको पुष्टि भएको छ। जसमध्ये दुई जना महिला र एक जना पुरुष रहेको स्थानीय प्रहरी अधिकारीले शनिबार बताएका छन्।
सो घटनामा स्पेन, नर्वे, अस्ट्रेलिया र लिथुआनियाका चार विदेशी नागरिक पनि घाइते भएको बाम्यानका प्रान्तीय प्रहरी प्रवक्ता मुहम्मद खवानी रसाले सिन्ह्वालाई बताए।
विदेशी नागरिकबाहेक गोली हानाहानमा एक अफगानी नागरिक मारिनुका साथै अन्य तीन अफगानी घाइते भएको आन्तरिक मामिला मन्त्रालयका प्रवक्ता मुफ्ती अब्दुल मतीन कानीले सामाजिक सञ्जाल एक्समा बताएका छन्।
सो घटनाको अनुसन्धानका क्रममा चार संदिग्धलाई पक्राउ गरिएको पनि कानीले उल्लेख गरेका छन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस