आइपिएल : आज चेन्नई र बैंगलोरबीच भीडन्त, दुवै टिम जित्नैपर्ने दबाबमा

आइपिएल, जेठ ५ / इण्डियन प्रिमियर लिग (आइपिएल)मा आज चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच खेल हुदैछ । बैंगलुरुको चिन्नस्वामी स्टेडियममा मा हुने यो खेल नेपाली समय अनुसार राती ७: ४५ बजेदेखि शुरु हुने छ ।
जारी आइपिएलको प्लेअफमा पुग्न दुवै टिमका लागि यो खेल जित्नैपर्ने दबाब रहेको छ । रोयल च्यालेन्जर्स बैंगलोरले चेन्नईलाई १८ रनको अन्तर वा चेज गर्दा १८.१ ओभर अगाडी जितेमा प्लेअफमा पुग्ने सम्भावना रहन्छ भने चेन्नईले जितेमा वा माथि उल्लेखित भन्दा कम अन्तरमा हार बेहोरेमा सिधै प्लेअफमा पुग्ने छ ।
चेन्नईको अहिले १३ खेलमा १४ अंक रहेको छ भने चौथो स्थानमा रहेको बैंगलुरुको १३ खेलमा १२ अंकसहित छैटौं स्थानमा रहेको छ ।
यस सिजनमा कोलकोता नाइट राइडर्स, राजस्थान रोयल्स र सनराइजर्स हैदरावाद यस अघि नै प्लेअफमा पुगिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस