आईपीएल : मुम्बईलाई हराए पनि लखनउ प्लेअफमा पुग्न असफल

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सविरुद्ध जित निकाल्दै लखनउ सुपर जायन्टस् प्लेअफमा पुग्न असफल भएको छ।
गएराति भएको खेलमा लखनउले मुम्बईविरुद्ध १८ रनको जित निकाल्यो। जितपछि लखनऊले १४ खेलमा १४ अंक जोडेर छैटौँ स्थान बनायो, तर शीर्ष ४ मा आउन सकेन।
मुम्बईको वाङ्खेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङमा आएको लखनउले पूरै ओभरमा ६ विकेट गुमाएर २१४ रन बनाएको थियो। निकोलस पुरनले ७५ तथा केएल राहुलले ५५ रनको अर्धशतकीय पारी खेल्दा मार्कुस स्टोइनिसले २८ तथा आयुश बदोनीले २२ रन जोडे। मुम्बईका नुवान थुशारा र पियुष चावलाले ३–३ विकेट लिए।
२१५ रनको लक्ष्यसहित मैदान उत्रिएको मुम्बई रोहित शर्माको सर्वाधिक ६८ तथा नमन धीरको नटआउट ६२ रनको योगदानका बाबजुद ६ विकेटको क्षतिमा १९६ रनमा समेटियो। लखनउका नवीन उल हक र रवि बिस्नोइले २-२ तथा क्रुनाल पाण्ड्या र माशिन खानले एक-एक विकेट लिए।यो पराजयसँगै १४ खेलबाट ८ अंक जोडेर तालिकाको अन्तिम स्थानमा रहँदै मुम्बईको आईपीएल यात्रा टुंगिएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस