आन्दोलन फिर्ता भएसँगै जिल्ला अस्पताल बैतडीका स्वास्थ्यकर्मी काममा फर्किए

district-hospital-baitadi

तातोखबर, बैतडी / केहि दिन देखि आन्दोलनरत जिल्ला अस्पताल बैतडीका चिकित्सक र स्वास्थ्यकर्मी काममा फर्किएका छन्। गएको आइतबारदेखि जोखिम भत्ता पाउनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका चिकित्सक र स्वास्थ्यकर्मीहरु पुनः काममा फर्केका हुन्।

आन्दोलन फिर्ता भएसँगै चिकित्सक र स्वास्थ्यकर्मी काममा फर्किएका  सबै सेवाहरू सुचारू भएका अस्पतालका प्रमुख डाक्टर सुशील बिकले बताए।

Advertisement:district-hospital-baitadi

स्वास्थ्यकर्मी र चिकित्सकहरुले उठाएका मागका विषय सम्बोधन गर्नका लागि १० दिनको समय माग गरिएकाले अस्पताल विकास समितिसँगको सहमतिमा आन्दोलन स्थगित गरिएको जनाएको छ।

गएको ९ महिनादेखि अतिरिक्त भत्ता, जोखिम भत्ता बापतको रकम नपाएकाले चिकित्सक तथा स्वास्थ्यकर्मीहरू आकस्मिक बाहेकका सेवा ठप्प पारेर आन्दोलित भएका थिए।

चिकित्सक र स्वास्थ्यकर्मीहरुको माग सम्बोधनका लागि मन्त्रालयले मागेका आवश्यक कागजात र अन्य प्रक्रियाहरु पुर्‍याउनका लागि आन्दोलन स्थगित गर्ने सहमति भएको हो।

सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले जिल्ला अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र प्रयोगशालाकर्मीहरुको अतिरिक्त भत्ता, जोखिम भत्ता बापतको रकम निकासा नदिँदा समस्या आएको थियो।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application