आन्दोलन फिर्ता भएसँगै जिल्ला अस्पताल बैतडीका स्वास्थ्यकर्मी काममा फर्किए

तातोखबर, बैतडी / केहि दिन देखि आन्दोलनरत जिल्ला अस्पताल बैतडीका चिकित्सक र स्वास्थ्यकर्मी काममा फर्किएका छन्। गएको आइतबारदेखि जोखिम भत्ता पाउनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका चिकित्सक र स्वास्थ्यकर्मीहरु पुनः काममा फर्केका हुन्।
आन्दोलन फिर्ता भएसँगै चिकित्सक र स्वास्थ्यकर्मी काममा फर्किएका सबै सेवाहरू सुचारू भएका अस्पतालका प्रमुख डाक्टर सुशील बिकले बताए।
स्वास्थ्यकर्मी र चिकित्सकहरुले उठाएका मागका विषय सम्बोधन गर्नका लागि १० दिनको समय माग गरिएकाले अस्पताल विकास समितिसँगको सहमतिमा आन्दोलन स्थगित गरिएको जनाएको छ।
गएको ९ महिनादेखि अतिरिक्त भत्ता, जोखिम भत्ता बापतको रकम नपाएकाले चिकित्सक तथा स्वास्थ्यकर्मीहरू आकस्मिक बाहेकका सेवा ठप्प पारेर आन्दोलित भएका थिए।
चिकित्सक र स्वास्थ्यकर्मीहरुको माग सम्बोधनका लागि मन्त्रालयले मागेका आवश्यक कागजात र अन्य प्रक्रियाहरु पुर्याउनका लागि आन्दोलन स्थगित गर्ने सहमति भएको हो।
सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले जिल्ला अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र प्रयोगशालाकर्मीहरुको अतिरिक्त भत्ता, जोखिम भत्ता बापतको रकम निकासा नदिँदा समस्या आएको थियो।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस