वैवाहिक बलात्कारको आरोप लागेका गायक रवि ओड ५ लाख धरौटीमा रिहा

rabi odd Singer

तातोखबर, कञ्चनपुर / वैवाहिक बलात्कारको आरोपमा पक्राउ परेका नेपाल आइडल सिजन २ का विजेता गायक रवि ओड ५ लाख धरौटीमा रिहा भएका छन्।

जिल्ला अदालत कञ्चनपुरले बिहीबार उनलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेश जोशीले जानकारी दिए। अदालतको आदेशसँगै उनी धरौटी बुझाएर बिहीबार साँझ रिहा भएका थिए।

Advertisement:rabi odd Singer

कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओडले गतसाता इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएर आत्मसमर्पण गरेका थिए।

ओडविरूद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले उजुरी दिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application