पूर्वगृहमन्त्री बालकृष्ण खाँण ३० लाख रुपैयाँ धरौटीमा रिहा

तातोखबर, काठमाडौं / नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी पूर्वगृहमन्त्री बालकृष्ण खाँण धरौटी बुझाउन जिल्ला अदालत, काठमाडौं पुगेका छन्।

धरौटी बापतको तीस लाख रकम बुझाउन उनी जिल्ला अदालतमा पुगेका हुन्। बिहीबार उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि उनी शुक्रबार धरौटी रकम जम्मा गर्न अदालत पुगेका हुन्।

Advertisement:

तीस लाख रुपैयाँ धरौटी बापतको रकम बैंक ग्यारेन्टी राखेर उनि छुट्न लागेका हुन्। धरौटी बुझाएको पत्र कारागारलाई प्राप्त भएपछि उनी कारागार मुक्त हुनेछन्।

तर, धरौटी रकम बुझाए पनि उनी तत्कालै छुट्ने भने छैनन्। उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपस्थित गराइनेछ।

यही मंसिर १५ गते उच्च अदालत पाटनका न्यायाधीशहरू प्रकाश खरेल र जनक पाण्डेबीच राय बाझिएपछि खाँणबारेको निर्णय रोकिएको थियो।

खरेलले खाँणलाई थुनामै राख्नुपर्ने राय दिएका थिए भने पाण्डेले ३० लाख धरौटीमा छाड्नुपर्ने राय दिएका थिए। दुई न्यायाधीशबीच राय बाझिएपछि तेस्रो न्यायाधीशकोमा निर्णयको अधिकार सरेको थियो।

बिहिबार न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाँणलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।

गएको जेठ १० मा नक्कली भुटानी शरणार्थी प्रकरणमा २० जनाविरूद्ध ठगी, लिखत कीर्ते, राज्यविरूद्धको अपराध र संगठित अपराधमा जिल्ला अदालतमा मुद्दा दायर भएको थियो।

जिल्ला अदालतले गत असार १ गते १७ जनालाई थुनामा पठाएर ३ जनालाई धरौटीमा छाड्न आदेश दिएको थियो। जिल्ला अदालतको आदेशविरुद्ध उक्त मुद्दाका वादी/प्रतिवादी नै उच्च अदालत गएका थिए।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application