देशलाई बाह्य हस्तक्षेपबाट मुक्त गराउन एमाले बलियो शक्ति बन्न जरुरी : ईश्वर पोखरेल

तातोखबर, काठमाडौँ / प्रमुख सत्ता घटक नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपाललाई बाह्य हस्तक्षेपबाट मुक्त गराउन एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउन आवश्यक रहेको जिकिर गरेका छन् ।
नेपाल बाह्य हस्तक्षेपको शिकार भइरहेको उल्लेख गर्दै बाह्य शक्तिको हेपाइबाट जोगिन पनि एमाले बलियो शक्तिको रूपमा उदाउन जरुरी रहेको उनले बताए । पोखरेलले मुलुकलाई बाह्य हस्तक्षेप हुन नदिन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व लिएका वेला काम गरेको समेत स्मरण गराए ।
राष्ट्रिय युवा संघ नेपालले मंगलवार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कहिल्यै पराधीन नभएको मुलुकको राष्ट्रिय स्वाधीनतालाई बचाई राख्न पनि एमाले बलियो शक्ति हुनुपर्ने भएकाले पार्टीको उक्त अभियान चलाएको पनि स्पष्ट पारे । वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीलाई बलियो राष्ट्रिय शक्तिमा बदल्ने गरी अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।
‘एउटा निर्णायक राष्ट्रिय शक्ति बनाउनुपर्ने जरुरी छ । त्यसका लागि एमालेका संगठनहरू सुदृढ हुनुपर्यो र मात्रै त्यो आवश्यकता पूरा गर्न सकिन्छ । हाम्रो देश कहिल्यै कसैको गुलाम भएन। कसैको पराधीन हुनु परेन। तर अहिले जस्तो हालत छ । त्यो हालत नबदल्ने हो भने हामीलाई विदेशीले हेप्ने, छिमेकीले हेप्ने, सिध्याउन बेर छैन। त्यसकारणले त्यस्तो नहोस् भन्नका लागि हाम्रो संगठित शक्ति एउटा निर्णायक राष्ट्रिय शक्तिको रूपमा एमाले उभिनुपर्छ। अनि मात्रै यो अवस्थालाई बदल्न सकिन्छ।’पोखरेलले भने ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीका नेता, कार्यकर्तालाई भ्रष्टखाले कुनैपनि गतिविधिमा संलग्न नहुने पनि निर्देशन दिए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस