फुलह्याममाथि जित निकाल्दै म्यान्चेस्टर सिटी शीर्ष स्थानमा

premier-league-manchester-city

इङ्लिस प्रिमियर लिगमा  फुलह्याममाथि जित निकाल्दै म्यान्चेस्टर सिटी शीर्ष स्थानमा फर्किएको छ।

क्रेभेन कुटीजमा गएराति सम्पन्न खेलमा सिटीले घरेलु टोली फुलह्यामलाई ४-० फराकिलो गोल अन्तले पराजित गरेको हो।

Advertisement:premier-league-manchester-city

सिटीको जितमा जोस्को ग्वार्डियोलले २ गोल गरे । यस्तै, फिल फोडेन र जुलियन अल्भारेजको नाममा १/१ गोल गर्न सफल भए ।

पहिलो हाफमा १-० को अग्रता बनाएको सिटीले दोस्रो हाफमा थप ३ गोल गर्‍यो। ५९औँ मिनेटमा बर्नार्डो सिल्भाको पासमा फोडेले गोल गर्दै सिटीको अग्रतालाई दोब्बर बनाए।

दोस्रो हाफको पाँचौँ मिनेटमा फुलह्याम १० खेलाडीमा सिमित भयो।​ इस्सा डिओपले डिबक्स भित्र सिटीका खेलाडीलाई फउल गरेपछि दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।

जितसँगै लिग लिडर बनेको सिटीले ३६ खेलबाट ८५ अंक जोडेको छ ।  समान खेल खेलेको आर्सनल ८३ अंकसहित दोस्रो र लिभरपुल ७८ अंकसहित तेस्रो स्थानमा रहेको छ । पराजित फुलह्याम भने ३७ खेलबाट ४४ अंकसहित १४औँ स्थानमा छ ।

गएराति नै भएका अन्य खेलमा चेल्सीले नटिङ्घम फरेस्टलाई ३-२ ले हरायो। यस्तै  टोटनहम हटस्परले बर्नलीविरुद्ध २-१ को जित निकाल्दा बर्नमाउथ ब्रेन्टफर्डसँग पराजित भयो। यस्तै क्रिष्टल प्यालेसले उल्भ्सलाई ३-१ ले हराउँदा वेष्टह्यामले लुटन टाउनलाई ३-१ ले नै पराजित गर्यो।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application