गाजा युद्धमा इजराइल एक्लै खडा हुने : नेतन्याहू

इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले गाजामा युद्ध रोक्ने अन्तर्राष्ट्रिय दबाबलाई अस्वीकार गरेका छन्।
अमेरिकी राष्ट्रपति जो बाइडेनले दक्षिणी गाजाकोरफाह शहर मा आक्रमणका लागि हतियार उपलब्ध नगराउने बताएपछि नेतान्यहुले हमासविरुद्धको युद्धमा एक्लै खडा हुने घोषणा गरेका छन्।
‘एक मात्र यहुदी राज्य इजराइलको प्रधानमन्त्रीका रूपमा म आज यहाँ जेरुसेलमबाट यहुदी नरसंहार स्मरण दिवसमा प्रतिज्ञा गर्दछु’, उनले भने, ‘यदि इजराइल एक्लै खडा हुन बाध्य भयो भने इजराइल एक्लै खडा हुनेछ। हामी हाम्रा नरसंहारक दुश्मनहरूलाई हराउने छौँ।’
उनले ८० वर्षअघि यहुदीहरू रक्षाविहीन हुँदा कुनै पनि राष्ट्र उनीहरूको सहायताका लागि नआएको बताए। ‘आजभन्दा ८० वर्षअघि यहुदी नरसंहारमा हाम्रो विनाश खोज्नेहरूविरुद्ध यहुदी जनता पूर्णरूपमा रक्षाविहीन हुँदा कुनै पनि राष्ट्र हाम्रो सहयोगमा आएनन्’, उनले भने, ‘आज हामी पुनः हाम्रो विनाशमा आएका दुश्मनहरूको सामना गरिरहेका छौँ।’
उनले कुनै पनि दबाब र कुनै पनि अन्तर्राष्ट्रिय मञ्चको निर्णयले इजराइललाई आफ्नो रक्षा गर्न रोक्न नसक्ने प्रतिक्रिया दिए।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस