अमेरिकी धम्कीपछि इजरायलद्वारा ५० सहायता सामाग्री बोकेका ट्रकलाई गाजा प्रवेश अनुमाति

ह्वाइट हाउसले युद्धग्रस्त क्षेत्रमा सहायताको प्रवाह नबढाएको खण्डमा सैन्य कारबाही गर्ने धम्की दिएको एक दिनपछि इजरायलले बुधबार एक विज्ञप्तिमार्फत मानवीय सहायता सामग्री बोकेका ५० ट्रक गाजा पट्टीमा प्रवेश गर्न अनुमति पाएका छन्।
मानवीय सहायता सामाग्री जोर्डनबाट एलेनबी ब्रिजमार्फत र गाजामा पश्चिमी इरेज क्रसिङ हुँदै स्थानान्तरण गरिएको थियो। इजरायल र उत्तरी गाजाबीचको बाटो मानवीय सहायता हस्तान्तरणको लागि ‘मे’ महिनामा खोलिएको थियो।
ह्वाइट हाउसले आगामी ३० दिनभित्र गाजामा मानवीय सहायताको प्रवेश नबढाएको खण्डमा इजरायललाई दिँदै आएको सैन्य सहायता रोक्ने चेतावनी दिएको एक दिनपछि इजरायलले उक्त कदम चालेको हो।
संयुक्त राष्ट्रसङ्घका अनुसार अनिकाल फैलिएको उत्तरी गाजामा इजरायलले अन्तर्राष्ट्रिय मानवीय कानूनको उल्लङ्घन गरिरहेको भन्ने चिन्ताका बारेमा पत्र लेखिएको थियो। संयुक्त राष्ट्रसङ्घले गत अक्टोबरदेखि गाजामा खाद्यान्न, पानी, ग्यास, इन्धन र औषधिलगायतका सहायता वितरणमा विशेषगरी उत्तरमा कडा प्रतिबन्ध लगाइएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस