गण्डकी प्रदेश सरकारविरुद्धको रिटमा पेशी आज

तातोखबर, काठमाडौँ / गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको पेशी आज बिहीबारलाई तोकिएको छ।
मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मतको विषयमा नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले गत मंगलबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए। गण्डकीका मुख्यमन्त्री र मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको छ।
गएको आइतबार प्रदेश सभामा मुख्यमन्त्री अधिकारीले राखेको विश्वासको मतबारेको प्रस्तावमा सभामुख कृष्ण धितालले ६० सदस्यमा ३० सांसदको समर्थनलाई विश्वासको मत प्राप्त भनी घोषणा गरेका थिए।
संविधानको धारा १८८ (३) अनुसार सरकार रहन लागि ३१ सांसदको विश्वासको मत आवश्यक पर्छ। तर, सभामुख धितालले आफ्नो मत सुरक्षित रहेको भन्दै अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका थिए।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस