कोशी प्रदेशमा आजै नयाँ सरकार गठन हुने, कांग्रेसको अदालत जाने तयारी

तातोखबर, विराटनगर/ कोशी प्रदेशमा बिहीबार नयाँ सरकार गठन हुने भएको छ। नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आजै प्रदेश प्रमुख समक्ष नयाँ सरकारका लागि दाबी पेश गर्ने एमाले संसदीय दलका उपनेता रामबहादुर राना मगरले जानकारी दिएका छन् ।
एमालेका ४० र माओवादी केन्द्रका १३ सांसदको हस्ताक्षरसहित एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न बिहान ११ बजे दाबी पेश गरिने उनले बताए । ९३ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ४७ सांसदको समर्थन भए पुग्नेछ। उपेनता रानाका अनुसार मुख्यमन्त्री कार्कीको नियुक्ति र शपथ पनि बिहीबार नै गर्ने तयारी गरिएको छ।
आज मुख्यमन्त्री बाहेक एमाले र माओवादीका एक-एक जना मन्त्रीले पनि शपथ ग्रहण गर्ने रानाले बताए । केन्द्रीय सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादी भने अझै पनि केदार कार्की नेतृत्वको सरकारमै सहभागी छ। प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री केदार कार्कीलाई पदमुक्त गरी गएराति संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नै शुक्रबारसम्म अर्को सरकार गठनका लागि आह्वान गरेका हुन् ।
केदार कार्की नेतृत्वको सरकारले बहुमत गुमाएको तर विश्वासको मत पनि नलिएको र राजीनामा पनि नदिएको भन्दै प्रदेश प्रमुखले नयाँ सरकार गठनको प्रक्रिया अघि बढाएका हुन्। यसविरुद्ध नेपाली कांग्रेसले भने अदालत जाने तयारी गरेको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस