नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको मर्जर लफडा, तत्कालिन मेगा बैंकका कर्मचारी रुष्ट

Nepal-Investment-Mega-Bank

तातोखबर, काठमाडौँ / नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले प्रचलित कानुन बमोजिम दिनुपर्ने बोनस नदिएर कर्मचारी माथि आक्रोस पोखेको छ।

प्रचलित कानुनी व्यवस्था अनुसार कुनै पनि बैंक वा वित्तीय संस्थाले ६ महिना काम गरेका कर्मचारीले बोनस पाउनुपर्नेमा ईन्भेष्टमेण्ट मेगा बैंक व्यवस्थापनले चलाखीपूर्वक मर्जरपछिको ६ महिना गणना गरेर तत्कालिन मेगा बैंकका कर्मचारीमाथि विभेद गरेको स्पष्ट छ। पूर्वमेगाका साना ठुला सम्पूर्ण कर्मचारीहरुलाई बैंकले ६ महिनामात्रै काम गरेको बोनस दिएको छ । जसले गर्दा मेगा तर्फका कर्मचारी रुष्ट छन् ।

Advertisement:Nepal-Investment-Mega-Bank

कर्मचारीहरूलाई बितरण गरेको बोनस फिर्ता गरी २०७९ पुस मसान्त पश्चात् सेवा बाट अलग भएका कर्मचारीको खतामा जम्मा गरीदिएको थियो ।

सो बोनस बितरण सम्बन्धमा विवाद उत्पन्न भएर श्रम कार्यालयमा बिचाराधिन रहेको अवस्थामा सो मुद्दालाई कमजोर बनाउन बैंककै निर्देशनमा बैंकका एक बरिष्ट प्रबन्धकको अगुवाइमा निजकै कार्यकक्षमा साबिकको नेपाल इन्भेस्टमेन्ट बैकका कर्मचारीहरुले दस्तखत संकलन गरेको पाइएको छ । बैंकले गैरकानुनी कार्य गर्दैगर्दा राष्ट्र बैंक तथा नियमन निकायहरु मौनजस्तै छन्। यस विषयमा कर्मचारी युनियन सङ प्रतिक्रिया लिन खोज्दा बिचाराधिन रहेको मुद्दाको बिषयमा बोल्न नमिल्ने बताए ।

एक कर्मचारीले तातोखबरसँग नाम नबताउने सर्तमा कुरा गर्दै उनले भने ” साबिकको नेपाल ईन्भेष्टमेण्टका कर्मचारीले नै विवाद सिर्जना गराउन खोजेका हुन् । मेगा तर्फका कर्मचारी माथि विभेद शुरु गरेर बैंकले कर्मचारीमाझ नकारात्मक संदेश दिएको छ । यसको दुरगामी प्राभाव पर्ने छ ।”

यस अघि बैंकको संचालक समितिको निर्वाचनमा योग्यता नपुगेकालाई उठाएको भन्दै परेको रिटमा अदालतले अन्तरिम आदेश दिएको थियो आदलतले बैंकको निर्वाचन तत्काल नगर्न आदेश दिएको हो

मर्जरमा गएपछि केहि समय देखि नेपाल ईन्भेष्टमेण्ट मेगा बैंक भित्र बेला बेलामा विवाद सिर्जना भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application