प्रधानमन्त्रीलाई संवैधानिक परिषद्मा बलियो बनाउनुपर्छ : मन्त्री शर्मा

तातोखबर, काठमाडौँ / नेपाल सरकारको प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संवैधानिक परिषद्मा प्रधानमन्त्रीलाई बलियो बनाउनुपर्ने धारणा राखेकी छन्।
बुधवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा बोल्दै उनले परिषद्मा प्रधानमन्त्रीलाई बलियो बनाउनुपर्ने बताएकी हुन्।
उनले अहिले आफ्नो पार्टीका प्रधानमन्त्री भएका कारण आफूहरूले त्यस्तो नभनेको प्रस्ट्याउँदै उनले प्रधानमन्त्री पदलाई बलियो बनाउनुपर्नेमा जोड दिएकी हुन्। उनले विधेयक पनि परिषद्मा प्रधानमन्त्रीलाई बलियो बनाउने गरी ल्याइएको बताइन्।
उनले परिषद्को अध्यक्ष नै प्रधानमन्त्री हुने र अध्यक्षले नै बैठक बोलाउने व्यवस्था रहेको उल्लेख गर्दै अध्यक्षबिनाको निर्णय मनासिब नहुने धारणा राखिन्।
मन्त्री शर्माले भनिन्, ‘प्रधानमन्त्री त्यो परिषद्को अध्यक्ष हुन्छ। प्रधानमन्त्रीले नमानीकन निर्णय गर्ने हो कि के गर्ने हो ? भन्नेमा हाम्रो शासकीय स्वरूपका कारण, निर्वाचन प्रणालीका कारण र विविध कारणले सरकार अस्थिर छ। राजनीतिक अस्थिरता छ। एउटै सरकार लामो समय चल्न सकिराखेको छैन। प्रधानमन्त्री अहिले हाम्रो भएको हुनाले यो हुनुपर्छ भन्ने खालको कुरा होइन। प्रधानमन्त्री जोसुकै भए पनि जुनसुकै पार्टीको भए पनि प्रधानमन्त्रीलाई अथवा कार्यकारी नेतृत्वलाई बलियो बनाउनु राम्रो हो भन्ने लाग्छ।’
उनले विधेयकलाई समिति र संसद्ले सहमतिपूर्वक अघि बढाउन चाहेमा त्यसमा सरकार बाधक नबन्ने स्पष्ट पारिन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस