नेपालले पायाे जितका लागि १ सय ७३ रनको चुनौती

ताताेखबर, काठमाडौं / वेष्टइण्डिज ‘ए’ विरुद्धको अन्तिम टी–२० खेलमा नेपालले जितका लागि १ सय ७३ रनको चुनौती पाएको छ।
शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको पाहुना टोली वेष्टइण्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७२ रन बनाएको हो।
वेष्टइण्डिजका लागि एलिक एथानेजले सर्वाधिक नटआउट ४२ रनको योगदान गरेका थिए । कप्तान रोस्टन चेजले ३३, जोन्सन चार्ल्सले २४, म्याथ्यु फोर्डले २३, मार्क डियाल र कादिम एलिइनले समान ११ रन बनाउँदा अरू खेलाडीले दोहोरो अंकको स्काेर बनाउन सकेनन् ।
नेपालका सागर ढकाल र सोमपाल कामीले समान ३/३ र अविनाश बोहोराले एक विकेट लिए ।
नेपालले पाँच खेलको श्रृंखला भने ३-१ ले गुमाएकाे छ। पहिलो खेल ४ विकेटले जितेको नेपाल दोस्रो खेलमा १० रन, तेस्रोमा ७६ रन र चौथो खेलमा २८ रनले पराजित भएको थियो ।
आगामी जुनमा आयोजना हुने आईसीसी टी-२० विश्वकपको तयारीका क्रममा नेपाल र वेष्टइण्डिज ‘ए’बीच मैत्रीपूर्ण खेल भइरहेको हो। विश्वकप जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेष्टइण्डिजमा संयुक्त रूपमा आयोजना हुँदैछ। प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोली आइतबार प्रस्थान गर्दैछ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस