कोशी प्रदेश सरकारबाट माओवादी बाहिरियो

तातोखबर, विराटनगर / नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको छ।
सोमबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो।
नेकपा एमालेले पनि समर्थन फिर्ता लिएर सोमबार नै प्रदेश प्रमुखसमक्ष वैकल्पिक सरकारको दाबी पेश गर्ने निर्णय भएको छ ।
प्रदेश सभाको विशेष अधिवेशन आव्हानका लागि सोमबारै समावेदन दिने पनि आङ्बोले जानकारी दिए ।
कोशीमा संविधानको अन्तिम विकल्प धारा १६८ (५) अनुसार नेपाली कांग्रेसका केदार कार्की मुख्यमन्त्री बनेका छन् । उनी नेकपा एमालेकै समर्थनमा मुख्यमन्त्री बने पनि केन्द्रीय समीकरण फेरबदलसँगै नयाँ सरकार गठनको प्रक्रिया सुरु गरिएको हो ।
तर संविधानको कुन धारामा टेकेर सरकार बनाउने भन्नेबारे अन्यौल रहेको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस