लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री महराले आज शपथग्रहण गर्दै
तातोखबर, काठमाडौं / लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन्।
शुक्रबार मुख्यमन्त्री नियुक्त भएका महराले प्रदेश प्रमुखको कार्यालय बुटवलमा आज दिउँसो पौने २ बजे शपथ लिने तयारी छ। नेकपा माओवादी केन्द्र संसदीय दलका नेता महराले एमाले, जसपा, नागरिक उन्मुक्ति पार्टी, नेकपा एकीकृत समाजवादी र स्वतन्त्रसहित ४८ जना सदस्यको समर्थनमा महराले मुख्यमन्त्री नियुक्त भएका थिए।
प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपचार २ अनुसार महरालाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।
महराले सत्ता साझेदारबाट एक–एक जना समेटेर आजै सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी गरेका छन्। साझेदार दलहरुले भने सरकारमा कसलाई पठाउने भन्ने निर्णय गरिसकेका छैनन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
अन्तर्राष्ट्रिय समन्वय र सहकार्यबाट वर्तमान चुनौति सामना गर्न सकिने गृहमन्त्री लेखकको दावी
-
२.
साहित्यभित्रको पनि साहित्यिक कृतिः दृष्टि–दृष्टिकोण
-
३.
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा
-
४.
नेपाली बजारमा सुनको मूल्य यथावत, एक लाख ५२ हजार रुपैयाँमा कारोबार
-
५.
एमालेको पोलिब्यूरो बैठक आज समापन हुँदै