नेकपा एमाले केन्द्रीय कार्यालयको बैठक भोलि बस्ने

तातोखबर, काठमाडौं / नेकपा एमालेको केन्द्रीय कार्यालयको बैठक भोलि बस्ने तय भएको छ।
वैशाख ८ देखि १० गते हुने प्रतिनिधि परिषदको बैठक व्यवस्थापनका विषयमा छलफल गर्न नेकपा एमालेले बैठक बोलाएको हो ।
कार्यालय सचिव डाक्टर भीष्म अधिकारीका अनुसार बैठक च्यासलमा बिहान साढे ११ बजे बस्ने छ।
बैठकले प्रतिनिधि परिषदका विषयमा व्यापक छलफल गरी सचिवालयलाई सुझाउने तयारी छ। यसैगरी इलामको उपनिर्वाचनको तयारी, कार्यकर्ता परिचालन, प्रचार शैली आदिका विषयमा पनि छलफल हुने अधिकारीले जानकारी दिए।
महासचिवको नेतृत्वमा हुने एमालेको केन्द्रीय कार्यालयमा उप-महासचिव, सचिवहरु र कार्यालय सचिव रहने व्यवस्था छ।
केहीदिन भित्रै सचिवालयको बैठक बसेर प्रतिनिधि परिषदमा पेश हुने एजेण्डा र प्रतिवेदनलाई पनि अन्तिम रुप दिने एमालेको तयारी छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस