वामशक्ति एकीकरण सुरु भयो : झलनाथ खनाल

jhalanath-khanal

तातोखबर, इलाम / पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले मुलुकमा वामशक्ति एकीकरणको सुरुआत भइसकेको बताएका छन्।

केन्द्रीय राजनीतिमा फेरिएको नयाँ सत्ता समीकरणले नेपालमा कम्युनिष्टहरू एकढिक्का हुन सुरु भएको सङ्केत गरेको बताउँदै खनालले २०८४ को आम निर्वाचनअघि नै नेपालका वामशक्तिबीच एकता हुने बताए।

Advertisement:jhalanath-khanal

आज गृह जिल्ला इलाम आउने क्रममा सूर्योदय नगरपालिकाको केन्द्र फिक्कल बजारमा पत्रकारसँग कुरा गर्दै खनालले यस्तो बताएका हुन्। “अहिलेको सरकार गठनबाट वामएकताको यात्रा सुरु भइसकेको छ”, उनले भने, “आम निर्वाचनसम्म पुग्दा सबै कम्युनिष्ट एक भएर जान्छन्।”

पूर्वप्रधानमन्त्री खनालले वाम एकताको कार्यदिशा आफैँले अगाडि बढाएको बताए। त्यही अनुरूप अहिले सरकार गठन भएको उनको भनाइ छ। सम्मानित नेता खनालले नयाँ सरकार गठनसँगै आम नागरिकमा उत्साह जगाएको बताउँदै यतिबेला मुलुक ठूलो सङ्कटमा रहेको उल्लेख गरे।

“आर्थिक तरलता, राजनीतिक अस्थिरता, चरम भ्रष्टाचार र युवा पलायनका कारण देश सङ्कटमा परेको छ”, उनले भने, “आम नागरिक निराश भएका बेला बनेको नयाँ समीकरणका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्व सरकारले जनमुखी काम गर्नुपर्छ।”

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application