एसएमएस फ्रेन्डशिप कप क्रिकेटमा नेपालको पहिलो हार

sms-friendship-cupcricket-news-ipdate-nepal-nepali-cricket

तातोखबर, क्रिकेट  / भारतमा जारी एसएमएस फ्रेन्डशिप कप क्रिकेटमा नेपालले पहिलो हार बेहोरेको छ।

लिगको अन्तिम खेलमा आज (शुक्रवार) नेपाल घरेलु टोली बरोडासँग ३७ रनले पराजित भएको हो।

Advertisement:sms-friendship-cupcricket-news-ipdate-nepal-nepali-cricket

जितका लागि घरेलु टोली बरोडाले दिएको १५७ रनको लक्ष्य पछ्याएको नेपाल १८ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ११९ रनमात्र बनाउन सक्यो।

नेपालका लागि सन्दिप जोराले सर्बाधिक ५६ रनको योगदान गरे। ४३ बलको सामना गरेका उनले ३ चौका र ४ छक्का प्रहार गरे। विवेक यादवले १७ रन जोडे।

त्यसअघि साई मेघपान स्पोर्ट्स लाइफ क्रिकेट मैदानमा टस जितेर शुरुवाती ब्याटिङ थालेको बरोडाले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १५६ रन बनायो।

नेपाल र गुजरात दुवै टोली यसअघि नै फाइनल प्रवेश गरिसकेका छन्। फाइनल खेल पर्सि आइतवार हुने तालिका छ।

प्रतिक्रिया दिनुहोस् :