आईपिएलमा लगातार रेकर्ड, कोलकाता नाइट राइडर्स शीर्ष स्थानमा

kkr-sunil-narayan-cricket-nepali-cricket

तातोखबर, काठमाडौं / इंडियन प्रिमियर लिग (आईपिएल)मा दिल्ली क्यापिटल्सविरुद्ध १०६ रनको सहज जित निकाल्दै कोलकाता नाइट राइडर्स शीर्ष स्थानमा उक्लिएको छ । बुधबार विशाखापट्नमस्थित राजसेखरा रेड्डी रंगशालामा कोलकाताले प्रस्तुत गरेको २७३ रनको लक्ष्य पछ्याउने क्रममा दिल्लीले १७.२ ओभरमा सबै विकेट गुमाएर १६६ रन मात्र बनाउन सफल भयो ।

दिल्लीका कप्तान ऋषभ पन्तले २५ बलमा पाँच चौका र चार छक्काको मद्दतसहित सर्वाधिक ५५ रनको योगदान गरेका थिए । ट्रिस्टन स्टब्सले ३२ बलमा समान चार चौका र छक्कासहित ५४, डेविड वार्नरले १८ र पृथ्वी शाले १० रन मात्र जोडे ।

Advertisement:kkr-sunil-narayan-cricket-nepali-cricket

कोलकाताका वैभव अरोराले र वरुण चक्रवर्थिले समान तीन विकेट लिन सफल भए । मिचेल स्टार्कले दुई र आन्द्रे रसेल र सुनील नारायणले समान एक-एक विकेट झार्न सफल भए ।

त्यसअघि, टस जितेर पहिले ब्याटिङ रोजेको कोलकाताले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै २७२ रन बनाएको थियो । यो आईपीएल इतिहासमा दोस्रो ठूलो योगफलको रेकर्ड पनि हो ।

रोयल च्यालेन्जर्स बेंगलुरुले सन् २०१३ मा बनाएको कीर्तिमान तोड्दै आईपीएलको यसै संस्करणमा सनराइजर्स हैदराबादले मुम्बई इन्डियन्सविरुद्ध २७७ रन बनाएर उक्त रेकर्ड तोड्न सफल भएको थियो । २०१३ मा बेंगलुरुले पुने वारियर्सविरुद्ध २६३ रन बनाएको थियो ।

कोलकाताबाट आक्रामक रूपमा प्रस्तुत भएका ओपनर सुनील नारायणले ३९ बल समान सात चौका र छक्कासहित सर्वाधिक ८५ रनको योगदान गरेर राम्रो सुरुवात दिलाएका थिए । अनकृष रघुवंशीले २७ बलमा पाँच चौका र तीन छक्काको मद्दतले ५४, आन्द्रे रसेलले ४१, रिंकु सिंहले २६ रन थपे । कप्तान श्रेयस ऐयर र फिल साल्टले समान १८ रन जोडे ।

दिल्लीका एनरिक नोर्ट्जेले तीन विकेट लिएका थिए । इशान्त शर्माले दुई र खलिल अहमद र मिचेल मार्शले समान एक विकेट लिए ।

प्रतियोगितामा लगातार तीन जितबाट ६ अंकसहित कोलकाता शीर्ष स्थानमा उक्लिएको छ । चारमध्ये तीन खेलमा हार व्यहोरेको दिल्ली तालिकाको नवौँ स्थानमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application