आइपीएल : फाइनल प्रवेशका लागि आज कोलकाता र हैदराबाद भिड्दै

KKR-vs-SRH

काठमाडौं / इन्डियन प्रिमियर लिग (आइपीएल) मा प्लेअफ चरणको पहिलो क्वालिफायर खेल आज हुँदैछ।

पहिलो क्वालिफायर आज राति पौने ७ : ४५मा कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबादबीच अहमदाबादसिथत नरेन्द्र मोदी स्टेडियममा हुनेछ।

Advertisement:KKR-vs-SRH

आजको विजेताले २६ मे मा हुने फाइनलमा स्थान बनाउँनेछ भने पराजित हुने टोलीले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्ने मौका पाउने छ।

पराजित टोलीले २४ मे मा हुने दोस्रो क्वालिफायर खेल्न पाउनेछ। दोस्रो क्वालिफायरमा इलिमिनेटर खेलको विजेतासँग पहिलो क्वालिफायर टोलीको प्रतिस्पर्धा हुनेछ।

कोलकता अहिलेसम्म १३ पटक आईपीएलको प्लेअफमा पुगेको छ। ८ पटक जितेको टोलीले ५ खेलमा हार बेहोरेको छ। तर, क्वालिफायर-१ मा कोलकाताले कहिल्यै हार बेहोरेका छैन।

प्रतियोगिता अन्तरगत बुधबार रोयल च्यालेन्जर्स बैंग्लोर र राजस्थान रोयल्सबीच  प्ले अफ चरणको दोस्रो खेल इलिमिनेटर खेल हुनेछ। ​ इलिमिनेटरको विजेताले २४ मे मा चेन्नइमा हुने दोस्रो क्वालिफायरमा स्थान बनाउँदा पराजित टोली प्रतियोगिताबाट बाहिरिनेछ।

 

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application