कोलकता र राजस्थान बिचको अन्तिम खेलमा पानी परेपछि अंक बाँडिँयो

आईपीएल / इंडियन प्रिमियर लिग (आईपीएल) अन्तरगत लिग चरणको अन्तिम खेलमा पानी परेपछि खेल रद्द भएको छ ।
कोलकता नाईट राइडर्स र राजस्थान रोयल्स बीचको खेल वर्षाका रद्द भएपछिको छ । सो खेलमा अंक बाँडिँदा राजस्थान तेस्रो हुँदै प्लेअफमा पुगेको हो ।
कोलकताले भने यस खेल अघि शीर्ष स्थानमा रही प्लेअफमा स्थान बनाइसकेको थियो । तर राजस्थानका लागि सो खेलमा दोस्रो स्थानमा रहनका लागि जित आवश्यक थियो ।
दोस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि क्वालिफायर खेल्ने गर्दछन् । तर अंक बाँडिएपछि राजस्थानले प्लेअफमा एलिमनिेटर खेल खेल्नेछ ।
यस नतिजाले हैदराबाद दोस्रो हुँदै प्लेअफमा पुग्न सफल भयो । हैदराबाद र राजस्थान दुवैको १७ अंक रहेपनि नेट रनरेटका आधारमा हैदराबाद दोस्रो हुन पुग्योे ।
हैदराबाद र कोलकताले मंगलबार फाइनल प्रवेशका लागि खेल्नेछन् ।
तेस्रो भएको राजस्थानले एलिमिनेटरमा चौथो स्थानको रोयल च्यालेनजर्स बेंगलूरु फाइनल प्रवेशका सम्भावना कायम राख्न बुधवार भिड्दै छन् ।
क्वालिफायरमा हार बेहोर्ने टोलीले फाइनल पुग्ने दोस्रो मौका पाउने छ । सो मौका एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ । पहिलो क्वलिफायर खेलको विजेता टोली भने फाइनलमा प्रवेश गर्नेछ। फाइनल खेल आगामी आइतबार हुनेछ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस