संघीय संसद् अन्तर्गतका सात वटा संसदीय समितिको बैठक बस्दै

तातोखबर, काठमाडौं / संघीय संसद् अन्तर्गतका सात वटा संसदीय समितिको बैठक आज बस्दैछ। प्रतिनिधि सभाको अर्थ समितिमा उजुरी छानबीन उपसमितिमा हालसम्म भएका कामकारबाहीको जानकारी सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ।
बैठक बिहान ११ बजेलाई बोलाइएको छ। प्रतिनिधिसभाकै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा प्रत्यायन ऐन, २०७९ को दफा ३ मा व्यवस्था भए बमोजिमको नेपाल प्रत्यायन केन्द्रको स्थापना गर्ने सम्बन्धमा मन्त्रालयबाट हालसम्म भए गरेको कामकारबाहीका बारेमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका पदाधिकारीसँग छलफल हुनेछ ।
बैठक बिहान साढे ११ बजे बस्दैछ। महिला तथा सामाजिक मामिला समितिमा भने मानव बेचबिखन र लैंगिक हिंसा सम्बन्धी छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। बैठक दिउँसो २ बजे बस्ने तय भएको छ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ। राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बोलाइएको छ।
सरकारी आश्वासन कार्यान्वयन अवस्थाको प्रगति, सार्वजनिक नीतिको मस्यौदा, निर्माण र कार्यान्वयन सम्बन्धमा छलफल गर्न प्रधानमन्त्रीलाई बोलाइएको हो । बैठक दिउँसो ३ बजे बस्नेछ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस