उपनिर्वाचन : इलाममा माओवादीले उम्मेदवारी नदिने, एमालेलाई सघाउने

तातोखबर, इलाम / इलाम क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले उम्मेदवारी नदिएर एमाले लाई सघाउने भएको छ।
सत्तारुढ नेकपा एमालेसँग सहमति गरेर माओवादीले इलाममा उम्मेदवारी नदिने भएको हो। इलामबाट उम्मेदवारको रुपमा सिफारिस भएका धिरेन्द्र शर्मा रमणले इलाम नेकपा एमालेलाई छाडेर बझाङको प्रदेशसभा माओवादीले पाउने सहमति भएको बताए।
यसअघि माओवादी केन्द्र इलामले एकल रुपमा धिरेन्द्र शर्मालाई उम्मेदवारको रुपमा सिफारिस गरेको थियो । शर्मा उम्मेदवार सिफारिस भएपछि माओवादी केन्द्रले वडा स्तरमा छलफल सुरु गरिसकेको थियो ।
माओवादी केन्द्रले गत २०७९ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा इलाम क्षेत्र नं २ मा समानुपातिक तर्फ ५ हजार १ सय ५३ मत पाएको थियो ।
इलाममा नेकपा एमालेले स्व. सुवास नेम्वाङका छोरा सुहाङलाई उम्मेदवार बनाएको छ। इलाम र बझाङमा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले आगामी चैत २४ गते उम्मेदवारी दर्ताको समय तोकेको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस