नेपाल ‘ए’लाई जितका लागि १५८ रनको लक्ष्य

तातोखबर, काठमाडौं / आयरल्याण्ड ‘ए’ विरुद्धको पहिलो एकदिवसीय खेलमा नेपाल ‘ए’लाई जितका लागि १५८ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले ३८.३ ओभरमा सबै विकेट गुमाउँदै १५७ रन बनाएको हो।
खेलमा नेपाल ‘ए’का बलर कमलसिंह ऐरीले ह्याट्रिक विकेट लिएका हुन् । उनले ३९ औं ओभरको खेलमा लगातार बलमा तीन ब्याट्सम्यानलाई आउट गरे। बुधबार बिहान भएको खेलमा आयरल्याण्ड ‘ए’का कप्तान निल रकले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका थिए ।
नेपालले अहिले ब्याटिङ गरिरहेको छ ।
आज नेपाल ‘ए’को प्लेइङ एघारमा कप्तान विनोद भण्डारीसहित अर्जुन कुमाल, देव खनाल, मौसम ढकाल, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमल ऐरी, सहाब आलम र रिजन ढकाल छन् ।
यसअघि भएको टी–२० शृङ्खलामा आयरल्याण्ड ‘ए’ले नेपाल ‘ए’ माथि २–१ को जितले प्रतियोगितामा कब्जा जमाएको थियो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस