आयरल्याण्ड उल्भ्सविरुद्धको खेलमा टस हारेर नेपाल फिल्डिङमा

काठमाडौं / आयरल्यान्ड उल्भ्सविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपाल ‘ए’ले टस हारेको छ। आयरल्यान्ड उल्भ्सका कप्तान निल रकले टस जितेर पहिलो ब्याटिङ रोजेका हुन् । नेपालले पहिले फिल्डिङ गर्ने छ।
नेपालले आजको खेलमा नरेन भट्ट, रंजित कुमार, रुपेश सिंह र विकास आग्रीलाई बेन्चमा राखेको छ । आजको खेलमा नेपालका लागि कप्तान विनोद भण्डारी, अर्जुन कुमाल, देव खनाल, भीम सार्की, आरिफ शेख, अर्जुन साउद, साहब आलम, बसिर अहमद, रिजन ढकाल, कमल सिंह ऐरी र मौसम ढकाल खेल्दैछन्।
आयरल्यान्डले रस अडेर, म्याथ्यु फोस्टर, ग्याभिन होए र मोर्गन टपिङ्गलाई विश्राम दिएको छ। टोलीमा निल रक, केड कार्माइकल, ग्यारेथ डेलनी, स्टेफन डोहनी, फिओन ह्यान्ड, म्याथ्यु हम्फ्रिज, टम मेयस, लियाम मकार्थी, जेम्स मकलम, पिजे मुर र बेन ह्वाइट छन्।
अएकदिवसीय सिरिजको दोस्रो खेल शुक्रबार र अन्तिम खेल आइतबार हुनेछ।
यसअघि सम्पन्न टी–२० सिरिजमा २–१ को हार बेहोरेको घरेलु टोली जितसहित एकदिवसीय सिरिज सुरुवात गर्ने लक्ष्यमा छ। भ्रमण टोलीले पनि जित निकाल्दै सुखद सुरुवातको खोजीमा हुनेछ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस