बुढीगण्डकी आयोजना सम्बन्धमा विद्युत नियमन आयोगले गर्यो सार्वजनिक सुनुवाई
तातोखबर, काठमाडौं / विद्युत नियमन आयोगले आज (मंगलबार) आयोगको सभा हलमा ३४०.४२३ मेघावाटको बुढीगण्डकी जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युतको खरिद मुल्य निर्धारण गर्ने सम्बन्धमा सार्वजनिक सुनुवाई गरेको छ ।
सरोकारवालाबाट राय सुझाव एवम सल्लाह संकलन गर्ने उदेश्यका साथ कार्यक्रम आयोजनामा गरिएको हो । सुनुवाई कार्यक्रममा आयोगका अध्यक्ष दिल्ली बहादुर सिंहले विवादमा नफसी, स्थानियलाई असर पर्ने किसिमले कुनै पनि प्रकार कामहरु नगर्न सुझाव दिनुहुँदै स्वदेशी लगानीमा ठुला आयोजना संचालनमा आउनु सुखद पक्ष रहेको र यस आयोजनाले देश विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास आफूले लिएको बताए । त्यसैगरि अध्यक्ष सिंहले सार्वजनिक सुनुवाईका क्रममा उठेका र निवेदन मार्फत प्रबद्र्धक कंपनीका विषयमा परेका उजुरीलाई गंभिरतापुर्वक लिईने बताउंदै प्रवद्र्धक कंपनी टाईम ईनर्जी प्रा.लि.ले बेलैमा विद्युत उत्पादन गर्न सकोसर भन्ने शुभेच्छा व्यक्त गर्दै शुभकामना समेत दिएका छन् ।
सो अवसरमा आयोगका सदस्य गौतम डङ्गोलले परियोजनाले आसपासका स्थानिय गाउँठाउहरुमा बाटो, घाटो धारा समेत बनाउन सहयोग गर्दै आएको पाईएको उल्लेख गर्नुहुँदै यस्ता विकास गतिविधिमा आयोजनाको साथले देशको समृद्धीमा सघाउ पुग्ने जनाए । साथै उनले समृद्धिको आधार जल उर्जा भनेर मात्रै नहुने र आयोग नियमनको नाममा जटिल बनाउने भन्दा पनि देशको हित हेरेर सहजीकरण गर्न तयार रहेको बताए ।
त्यसैगरि नेपाल विद्युत प्राधिकरणका निर्देशक राजन ढकालले यस आयोजनाको ग्रिड कनेक्सन एग्रिमेण्ट भैसकेको, पिपिए सहमती गरि आयोगमा पठाई सकेको र आयोगबाट सहमती पछि प्राधिकरणले पिपिए गर्ने जानकारी गराउदै यस आयोजनाले हिउँदको समयमा लोडसेडिङ्ग अन्त्य गर्न विद्युत प्राधिकरणलाई सहयोग पुग्ने बताए ।
कार्यक्रममाझ सहभागीहरुले प्रबद्र्धकले कहिलेसम्म आयोजना सम्पन्न गर्ने हो, लागत मुल्य बढदै जाने समस्या आम भएको र वातावरणमा पर्ने प्रभाव बारे सरोकार राखेका थिए ।
सो क्रममा प्रबद्र्धक कंपनी टाईम ईनर्जी प्रा.लि.का तर्फबाट आयोजनाको प्राविधिक संभाव्यता, लगानीको स्रोत व्यवस्थापन, वातावरणिय प्रभाव आदी विषयमाथि केन्द्रित रहेर कार्य पत्र प्रस्तुत भएको थियो । सो अवसरमा टाईम ईनर्जी प्रा.लि.ले समयमै आयोजना सम्पन्न गर्न कंपनी सक्षम रहेको दाबी गरेको थियो ।
सुनुवाई कार्यक्रममा टाईम ईनर्जी प्रा.लिका अध्यक्ष दिपक मल्होत्राले जलविद्युतमा लगानी गरि यस्ता ठुला आयोजना संचालनले देशको आर्थिक समृद्धिमा ठुलो टेवा पुग्ने हुँदा सरोकारवालाहरुबाट सकारात्मक सहयोगको अपेक्षा आफूले राखेको बताए । उनले नेपाली बाटै यत्रो ठुलो आयोजना बन्नु गौरवको कुरा भएको पनि बताए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
मारवाडी सेवा समितिको कब्जामा रहेको ‘गौशाला धर्मशाला’ पशुपति क्षेत्र विकास कोषमै फिर्ता
-
२.
पनौती नगरपालिकाले बाढीपहिरो पीडितलाई ड्रोनमार्फत खाद्यान्न सामग्री वितरण गर्दै
-
३.
पाकिस्तानको जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको विस्फोटमा तीन जनाको मृत्यु
-
४.
नेपाल प्रिमियर लिगको अक्सनमा १२ क्रिकेट खेलाडी सर्वाधिक १५ लाखमा बिक्री
-
५.
मृत्यु भएका ६ खेलाडीका परिवारलाई राहतस्वरुप ८ लाख उपलब्ध गराउने एन्फाको निर्णय