गोरखाको वीरेन्द्र हिमताल फुट्यो, तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन अनुरोध

Birendra-ice-lake-gorakha-tatokhabar-tourist-nepali-news

तातोखबर, गोरखा / गोरखाको चुमनुब्री गाउँपालिका-१ मा रहेको वीरेन्द्र हिमताल फुटेको छ।

मनास्लु हिमालको बेसक्याममा  हिमपहिरो गएर वीरेन्द्र तालमा मिसिँदा ताल फुटेर सामागाउँ प्रहरी चौकीका असई अन्जान पोखरेलले जानकारी दिएका छन् ।

Advertisement:Birendra-ice-lake-gorakha-tatokhabar-tourist-nepali-news

हिमताल फुटेपछि त्यहाँको स्थानीय खहरेमा ठूलो बाढी आएको छ। बाढीका कारण एउटा काठको पुल बगाएको र कुनै मानवीय क्षति भने नभएको पोखरेलले बताए ।

ताल रहेको क्षेत्र चुमनुब्री-१मा पर्दछ।  प्रहरी टोली घटनास्थल तर्फ गएको उनले बताए ।

त्यो बाढी बुढीगण्डकीमा मिसिने भएकोले तटीय क्षेत्रमा रहेका बासिन्दालाई सचेत हुन प्रहरीले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application