आईपीएलमा आज मुम्बई इन्डियन्स र राजस्थान रोयल्स भिड्दै

mi-vs-rr-ipl2024-cricket

आईपीएल /  इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज मुम्बई इन्डियन्स र राजस्थान रोयल्स भिड्दैछन् । यी दुईबिचको १७औँ सिजनको १४औँ खेल साँझ ७ः४५ बजेदेखि मुम्बईको वानखेडे क्रिकेट स्टेडियममा हुनेछ ।

पाँच पटकको च्याम्पियन मुम्बई आफ्नो सुरुवाती दुवै खेल हारेर अंक तालिकाको अन्तिममा रहेको छ । अर्कोतर्फ सञ्जु स्यामसनको कप्तानीमा रहेको राजस्थानको टोली सुरुवाती दुवै खेल जितेर तेस्रो स्थानमा रहेको छ ।

Advertisement:mi-vs-rr-ipl2024-cricket

मुम्बई इन्डियन्सबाट हार्दिक पाण्ड्या (कप्तान), रोहित शर्मा, इशान किशन (विकेटकिपर), नमन धीर, तिलक वर्मा, रोमारियो शेफर्ड, टिम डेभिड, शाम्स मुल्लाने/कुमार कार्तिकेय, पियुष चावला, जेराल्ड कोएत्जी र जसप्रित बुमराहले खेल्ने सम्भावना रहेको छ । इम्प्याक्ट प्लेयरमा भने नुवान तुषारा, आकाश मधवाल, नेहल वढेरा रहने छन् ।

राजस्थान रोयल्सबाट सञ्जु सैमसन (विकेटकिपर र कप्तान), यशस्वी जैसवाल, जोस बटलर, रियान पराग, ध्रुव जुरेल, शिमरोन हेटमायर, रविचन्द्रन अश्विन, युजवेन्द्र चहल, ट्रेन्ट बोल्ट, सन्दीप शर्मा र आवेश खानले खेल्ने सम्भावना रहेको छ । इम्प्याक्ट प्लेयरमा भने नान्द्रे बर्गर रहने छन् ।

 

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application