आईपीएल : पञ्जावसँग राजस्थान पराजित

ipl-panjab-vs-rajasthan

काठमाडौं / इंडियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सलाई पञ्जाब किंग्सले पराजित गरेको छ।

हिजोराति सम्पन्न खेलमा पञ्जाबले राजस्थानलाई ५ विकेटले पराजित गरेको हो । राजस्थानले दिएको १४५ रनको मध्यम लक्ष्य पञ्जाबले ५ विकेट गुमाएर ७ बल बाँकी छँदा भेट्टायो । पञ्जाबका कप्तान स्याम करनले ४१ बलमा ५ चौका र ३ छक्का सहित सर्वाधिक ६३ रनको अविजित इनिङ्स खेले ।

Advertisement:ipl-panjab-vs-rajasthan

यस्तै राईली रुसो र जितेश शर्माले समान २२-२२ रन बनाए । आशुतोष शर्माले १७ रन जोडे।  राजस्थानका लागि आभेस खान र युजभेन्द्र चहलले समान २(२ विकेट लिँदा एक विकेट ट्रेन्ट बोल्टको नाममा रह्यो ।

त्यसअघि गुवाहाटीमा टस जितेर ब्याटिङ गरेको राजस्थानले ९ विकेटको क्षतिमा १४४ रन मात्र बनाउन सक्यो । राजस्थानका रियान परागले ३४ बलमा बनाएको ४८ रन नै सर्वाधिक रह्यो । रविचन्द्रण आश्विनले २८ रन बनाउँदा कप्तान सञ्जु स्यामसन र टम कोहलर क्याडमोरले समान १८ रन बनाए ।

पञ्जाबका स्याम करन, हर्शल पटेल र राहुल चहरले २(२ विकेट लिए भने अर्शदिप सिंह र नेथन एलिसले १-१ विकेट लिए । यसअघि नै प्लेअफ दौडबाट बाहिरिएको पञ्जाबको १३ खेलमा १० अंक पुगेको छ । ​

प्लेअफमा पुगिसकेको राजस्थानको १३ खेलमा १६ अंक छ।​ आईपीएलमा आज सनराईजर्स हैदराबाद र गुजरात टाइटन्स भिड्ने छन् ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application