प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

तातोखबर, काठमाडौं / संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक सोमबार पनि बस्दैछ। बैठक बिहान ११ बजे बस्ने छ।
बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राष्ट्रियसभामा उत्पत्ति भएको ‘विद्युुतीय व्यापार विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने एउटा मात्रै कार्यसूची छ। त्यसअघि सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनेछन्।
संसद अन्तर्गगतका दुई समितिका बैठक पनि सोमबार बस्दैछ। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बसिरहेको छ। समितिको सभाकक्षमा सिंहदरबारमा चलेको बैठकमा नेपाल वायु सेवा निगमबाट हालसम्म भएका कामकारवाहीका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ।
राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बिहान ११ बजे बस्ने तय भएको छ। बैठकमा शिक्षा मन्त्रालयबाट भएका काम कारवाही, समस्या र भावी कार्ययोजनाबारे छलफल हुने कार्यसुची रहेको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस