NTC App - Ad

टी-२० शृंखलाको पहिलो खेलमा आज नेपाल र वेस्ट इन्डिज ‘ए’ भिड्दै

west-indiess-A-teem

तातोखबर, क्रिकेट / नेपाली राष्ट्रिय क्रिकेट टोली र वेष्ट इण्डिजको ए टोलीबीच टी-२० शृंखलाको पहिलो खेल आज कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो १२:१५ बजे देखि शुरु हुनेछ ।

आईसीसी टी-२० विश्वकप २०२४ को तयारीस्वरुप नेपालले वेष्ट इण्डिजको ए टोलीसँग खेल्न लागेको हो ।

Advertisement:west-indiess-A-teem

नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा हुन लागेको उक्त प्रतियोगितामा नेपाल र वेष्ट इण्डिजको ‘ए’ टोलीबीच ५ खेलको टी–२० शृङ्खला हुँदै छ। वेष्ट इण्डिजको टोली पहिलो पटक नेपाल भ्रमणमा आएको हो ।

नेपाल र वेस्टइण्डिज ‘ए’ बीचको दोस्रो खेल भोलि वैशाख १६ गते, तेस्रो खेल वैशाख १९ गते, चौथो खेल वैशाख २० गते र पाँचौँ तथा अन्तिम खेल वैशाख २२ गते हुने तालिका रहेको छ ।

घरेलु मैदानमा ५ खेल खेलिसकेपछि नेपाली टोली वेष्ट इण्डिज जाने तालिका रहेको क्यानले जनाएको छ ।

नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, विनोद भण्डारी, अनिल शाह, आरिफ शेख, ललित राजवंशी, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलशन झा र करण केसी छन्। सोमपाल कामी, प्रतिश जिसी, अभिनाश बोहरा, विवेक यादव, आकाश चन्द, सागर ढकाल, कमलसिंह ऐरी र लोकेश बम छन् ।

वेष्ट इण्डिज ए टोलीको कप्तानमा रोस्टन चेससहित एलेक एथानाज, फाबिएन एलेन, कदिम एलियन, जोसुआ बिसप, केसी कार्टी, जानसन चार्ल्स, मार्क दयाल, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल, ओसान थमस र हेडन वाल्स छन् ।

Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :