सुदूरपश्चिम प्रदेश सरकार गठनविरुद्ध दायर रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

तातोखबर, काठमाडौँ / सुदूरपश्चिम प्रदेश सरकार गठनविरुद्ध दायर भएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दीर्घ सोडारीको नियुक्तिको बिषयलाई लिएर लक्ष्मणकिशोर चौधरीले उक्त निर्णय तत्काल कार्यान्वयन नगरी आफूलाई मुख्यमन्त्रीमा नियुक्ति गर्न भनी अन्तरिम आदेश जारी गर्न माग गरेका थिए।
रिटमा न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरेको छ। आगामी वैशाख २० गतेभित्र सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुको कारणसहित लिखित जवाफ पेश गर्न आदेश सर्वोच्चले दिएको थियो।
इजलासले यही वैशाख ६ गते प्रदेश प्रमुखले मुख्यमन्त्रीमा सोडारीलाई नियुक्त गरेको सम्बन्धित सक्कल कागजातसमेत झिकाउने आदेश दिएको सर्वोच्चका सूचना अधिकारी गोविन्द घिमिरेले जानकारी दिए।
उनका अनुसार इजलासले यो मुद्दालाई अग्राधिकार दिँदै पूर्ण सुनुवाइका लागि वैशाख २३ गतेको पेशी तोकेको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस