सहकार्यको माध्यमबाट निकट हुँदै एकताको बाटोमा पुग्न सक्छौं : ओली

तातोखबर, काठमाडौं / पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्र रक्षा र सवलीकरणमा एकताबद्ध हुन सबै राजनीतिक दलहरुलाई आग्रह गरेका छन् ।
सोमबार ललितपुरको गोदावरीमा आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको हीरक महोत्सव समारोहमा उनले सो कुरा बताएका हुन्।
अध्यक्ष ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सबलीकरणको बाटोमा सबै एक ठाउँमा उभिने मिल्ने अवस्था रहेको पनि बताए। उनले विद्यमान व्यवस्थालाई माध्यम बनाएर सुशासन र विकासको काममा अघि बढ्नुपर्ने बताए।
अध्यक्ष ओलीले पूर्वराज्ञा ज्ञानेन्द्र शाहप्रति संकेत गर्दै प्रतिगमनको कुरा गरेर कहीँ पनि पुग्न नसकिने बताए । उनले सरकार र वर्तमान सत्तारुढ दलहरुले पनि मुलुकबाट गरिबी हटाउने गरी ठोस योजना बनाउने, भ्रष्टाचारको अन्त्य गर्ने र राष्ट्र र राष्ट्रिय हितको पक्षमा अघि बढ्नुपर्ने बताए ।
उनले भने, ‘अहिले हामी सहकार्यको माध्यमबाट निकट हुँदै जान्छौं। अहिले सहकार्यको माध्यमबाट अगाडि बढ्छौ । र क्रमशः हामी एकताको बाटोमा पुग्न सक्छौं। त्यस बिन्दुमा पुग्न सक्छौँ। अहिले सिंगै देश एक हुनुपर्दछ। सिंगै देश के कुरामा एक हुन सकिन्छ भने अहिले संघीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षा गरौं, सबल बनाऔं । यसलाई माध्यम बनाएर सुशासन र विकासको बाटोमा अगाडि जाऔं ।’
ओलीले एमालेले नाजायज ढंगले कुनै पनि खालको अडान नराख्ने जिकिरसमेत गरे। उनले तत्काल वामपन्थीहरु एकता हुने अवस्था नरहेको पनि दोहोर्याए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस