‘हेर्न नभ्याइने’ सूचीमा रेशम चौधरीको रिट

काठमाडौँ / रेशम चौधरीले निर्वाचन आयोग र नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिट आइतवाबार ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ।
सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्माको संयुक्त इजलासले उक्त मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा राखेको हो।
रेशम चौधरी जेलबाटै नागरिक उन्मुक्ति पार्टी (नाउपा) गठन गरेका थिए । गरी गत पुस २७ गते कैलालीको टीकापुरमा भएको प्रथम महाधिवेशनबाट चौधरी सर्वसम्मत अध्यक्ष चयन भएका थिए ।
चौधरी अध्यक्षमा निर्वाचन भएको अद्यावधिक निवेदन भने निर्वाचन आयोगले अस्वीकार गरेको थियो । आयोगले नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ भएको ठहर गरेको थियो । आयोगको उक्त निर्णयविरुद्ध चौधरीले सर्वोच्चमा रिट दर्ता गरेका थिए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस