सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर

तातोखबर, काठमाडौँ / सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा आज रिट दर्ता भएको छ।
आइतवार नागरिक उन्मुक्ति पार्टी (नाउपा) का लक्ष्मणकिशोर चौधरीले हालका मुख्यमन्त्रीको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका छन् ।
चौधरीले दायर गरेको रिटमा ‘नेपालको संविधानको धारा १६८ (२) बमोजिम निवेदकलाई मुख्यमन्त्री पदमा नियुक्त गरी सरकार गठन गर्न दिनुपर्ने संवैधानिक कर्तव्य भएका विपक्षी प्रदेश प्रमुखज्यू सोबाट च्युत भई मलाई सो अवसरबाट जबरजस्ती वञ्चित गरिएको’ उल्लेख छ ।
उनले मुख्यमन्त्रीमा सोडारीको नियुक्त गैरसंवैधानिक भएको जिकिर गर्दै आफूलाई मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्चसँग परमादेश माग गरेका छन्।
उनले २ दिन म्याद थप्ने र सोडारीलाई मुख्यमन्त्री नियुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेशसमेत माग गरेका छन्। उनको रिटको पेसी सोमवारका लागि तोकिएको सर्वोच्चले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस