एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा विभिन्न प्रतिवेदनमाथि छलफल हुने

तातोखबर, काठमाडौं / नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा आज राजनीतिक लगायतका विभिन्न प्रतिवेदनमाथि छलफल हुँदैछ।
शनिबार पेस भएका राजनीतिक, सांगठनिक, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्को प्रतिवेदनमाथि आज छलफल हुन लागेको हो । छलफलपछि आजै बैठक समापन गर्ने तयारी एमालेले गरेको छ।
शनिबारको बैठकमा राजनीतिक प्रतिवेदन पेस अध्यक्ष ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आंकाक्षा पूरा गरी समाजवादमा पुग्न आगामी निर्वाचनमार्फत एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने सवाललाई केन्द्रमा राखिएको बताएका थिए।
नयाँ सत्ता सहकार्य बनेसँगै एमालेविरुद्धको गठबन्धन र घेराबन्दी तोडिएको उनले बताएका थिए।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस