गोरखाको वीरेन्द्र हिमताल फुट्यो, तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन अनुरोध

तातोखबर, गोरखा / गोरखाको चुमनुब्री गाउँपालिका-१ मा रहेको वीरेन्द्र हिमताल फुटेको छ।
मनास्लु हिमालको बेसक्याममा हिमपहिरो गएर वीरेन्द्र तालमा मिसिँदा ताल फुटेर सामागाउँ प्रहरी चौकीका असई अन्जान पोखरेलले जानकारी दिएका छन् ।
हिमताल फुटेपछि त्यहाँको स्थानीय खहरेमा ठूलो बाढी आएको छ। बाढीका कारण एउटा काठको पुल बगाएको र कुनै मानवीय क्षति भने नभएको पोखरेलले बताए ।
ताल रहेको क्षेत्र चुमनुब्री-१मा पर्दछ। प्रहरी टोली घटनास्थल तर्फ गएको उनले बताए ।
त्यो बाढी बुढीगण्डकीमा मिसिने भएकोले तटीय क्षेत्रमा रहेका बासिन्दालाई सचेत हुन प्रहरीले अनुरोध गरेको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस