आज पनि नेपालको खराब प्रदर्शन, हङकङ सामू १४० रनको लक्ष्य प्रस्तुत

तातोखबर, क्रिकेट / एसीसी प्रिमियर कप क्रिकेटको तेस्रो स्थानका लागि नेपाल र हङकङबीच प्रतिस्पर्धा भइरहेको छ ।
ओमानको अलअमिरात क्रिकेट स्टेडियममा चलिरहेको खेलमा खेलमा टस जितेर सुरुवाती ब्याटिङ थालेको नेपालले खराब प्रदर्शन गरेको छ । नेपालको ब्याटिङ लाइनअप आज पनि चल्न सकेन् । नेपालका दुबै ओपनर आज पनि क्रिजमा जम्न सकेनन् ।
कुशल भुर्तेल आज पनि शुन्य रनमा आउट भए भने आशिफ शेख व्यक्तिगत ५ रनमा पभेलियन फर्किए । कप्तान रोहित पौडेल २१ तथा सोमपाल कामी १२ र कुशल मल्ल व्यक्तिगत १३ रनमा समेटिए । गुल्सन झा ६ र सुन्दीप जाेरा २२ रनमा आउट भएका छन् । करण केसीले ३ रन बनाएर आउट भए भने दीपेन्द्र सिंह ऐरीको नटआउट ४४ रन र ललित राजवंशीले २ रन बनाएर हङकङ सामू १४० रनको लक्ष्य प्रस्तुत गरेको छ ।
आजको खेल जित्ने टोलीले इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् । उक्त टिममा भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश र श्रीलंकाका ए टोली रहेका छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस