NTC App - Ad

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट शुरु

तातोखबर, काठमाडौं / नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आज (शनिबार)बाट शुरु हुँदैछ । ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा आइतबारसम्म चल्ने बैठकमा दुई हजार ७३ महाधिवेशन परिषद् सदस्यसहित दुई हजार ४५४ जनाको सहभागीता रहनेछ ।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् । उनका अनुसार केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्ले पनि प्रतिवेदन प्रस्तुत गर्ने छन् ।

Advertisement:

मिसन ग्रासरुट, झुलाघाट चिवाभञ्याङ संकल्प यात्राको समीक्षा गर्दै त्यसका आधारमा पार्टीको आगामी कार्यदिशाबारे छलफल गर्ने बताइएको छ। परिषद् बैठकमा यसअघि गरिएको पार्टीका केन्द्रीय सदस्यहरूको  कार्यविभाजनको पनि समीक्षा गरिनेछ ।

एमाललेले नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा पार्टीले हीरक महोत्सव मनाउने भएको छ । वैशाख १० गते सभाहलमा नै एक विशेष समारोहको आयोजना गर्ने प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए ।

महोत्सवमा प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत राजनीतिक दलका प्रमुख नेता सहभागी हुनेछन् ।

Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :