रोयल च्यालेन्जर्स बेंगलुरु २५ रनले पराजित

तातोखबर, काठमाडौं / सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी संस्करणमा सर्वाधिक रन बनाउने आफ्नै रेकर्डलाई तोडेको छ।
गत मार्च २७ मा मुम्बई इन्डियन्सविरुद्ध २ सय ७७ रन बनाएको हैदराबादले सोमबार रोयल च्यालेन्जर्स बेंगलुरुविरुद्ध २ सय ८७ रन बनाउन सफल भएको हो।
यो संस्करण अघि रोयल च्यालेन्जर्स बंगलुरुले सन् २०१३ मा बनाएको २ सय ६२ रनको कीर्तिमान १० वर्षसम्म कायम रहेको थियो। तर सो किर्तिमान यो संस्करणमा तीन पटक तोडिएको छ। हैदराबादले २ पटक कीर्तिमान बनाउनु बाहेक यो सिजन कोलकता नाइट राइडर्सले दिल्ली क्यापिटल्सविरुद्ध २ सय ७२ रन बनाएको थियो। र, गएराति भएको खेलमा हैदरबादले बैंगलुरुलाई २० रन ले पराजित गर्यो।
चेन्नस्वामी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ३ विकेट मात्र गुमाएर २८७ रन बनायो।
हैदराबादका लागि ट्राभिस हेडले शतक प्रहार गरेका थिए । ३९ बलमा शतक पुरा गरेका उनी ४१ बलमा ९ चौका र ८ छक्का सहित १ सय २ रन बनाएर आउट भए।
यस्तै हेनरिक क्लासेनले २ चौका र ७ छक्का सहित ३१ बलमा ६७ रन बनाए । अब्दुल समादले १० बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ३७ रन बनाए। अभिषेक शर्माले ३४ तथा एइड्न मार्क्रमले ३२ रन जोडे।
बेंगलुरुका लागि लोकी फर्गुसनले २ तथा रिस टोप्ली १ विकेट लिए।
जवाफमा बेंगलुरुले ७ विकेट गुमाउँदै २ सय ६२ रन मात्र बनाउन सक्यो। बेंगलुरुका लागि दिनेश कार्तिकले ३५ बलमा ५ चौका र ७ छक्का सहित ८३ रन बनाए पनि जित निकाल्न सकेनन्।
कप्तान फ्याफ डु प्लेसिसले २८ बलमा ७ चौका र ४ छक्का सहित ६२ रन बनाए। विराट कोहलीले २० बलमा ४२ बनाए। अनुज रावतले २५ जोड्दा महिपाल लोम्रोरले १९ रन जोडे । जित पछि हैदराबाद ६ खेलमा ४ खेल जित्दै चौथो स्थानमा छ। बेंगलुरु भने ७ खेलमा १ जित सहित पुछारमा यथावत छ।
आईपीएलमा आज कोलकता नाइट राइडर्स र राजस्थान रोयल्स भिड्ने छन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
२.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
३.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
४.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस
-
५.
झापामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु