सनराइजर्स हैदराबादले आफ्नै रेकर्ड तोड्दै बनायो २ सय ८७ रन

तातोखबर / इण्डियन प्रियिमर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बैंगलुरुको घरेलु मैदानमा अहिलेसम्मकै सबैभन्दा उच्च स्कोर बनाउन सफल भएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय ८७ रन बनाएर उक्त रेकर्ड बनाएको हो ।
हैदराबादले यसअघि गत २७ मार्चमा मुम्बई इन्डियन्सविरुद्धको आफ्नै २ सय ७७ रनको कीर्तिमान तोडेको हो।
हैदराबादको उच्च स्कोरका लागि ट्रभिस हेडले विस्फोटक ब्याटिङ गर्दै ४१ बलमा १०२ रन जोडेर आउट भए । हेनरिक क्लासेनले ३१ बल खेलेर ६७ रनको योगदान गरे भने एडेन माकरमले १७ बलमा ३२ रन र अब्दुल समाद समदले १० बल खेलेर ३७ रन बनाउँदा सबैभन्दा उच्च स्कोरको रेकर्ड बनेको हो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस