दीपेन्द्रको विस्फोटक ब्याटिङ, अन्तिम ओभरमा ६ छक्का

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तरगत दोस्रो खेलमा नेपालले कतारविरुद्धका २ सय ११ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय १० रन बनाएको हो ।
दीपेन्द्र सिंह ऐरीले विस्फोटक ब्याटिङको नमुना प्रस्तुत गर्दै २१ बलमा ६४ रनको शानदारी इनिङ्स खेले । उनले अन्तिम ओभरमा कमरान खानको बलिङमा ६ बलमा ६ छक्का हिर्काएका थिए । उनी यो उपलब्धि हासिल गर्ने सीमित खेलाडीहरुको सूचीमा परेका छन् । उनले आफ्नो इनिङ्समा कूल ३ चौका र सात छक्का हिर्काए ।
नेपालका लागि ओपनर आसिफ शेखले ५२ रनको योगदान दिए । उनले ४१ बलमा ६ चौका हिर्काए । कुशल मल्लले विस्फोटक ब्याटिङ गर्दै १८ बलमा ३५ रन बनाए । उनले दुई चौका र ३ छक्का हिर्काए ।
त्यस्तै, कप्तान रोहित पौडेलले १८ तथा कुशल भुर्तेलले १२ रनको योगदान दिए । कतारका लागि हिमान्सु राथोड र मुसावर शाहले ३–३ विकेट लिए ।
यसअघि शुक्रबार खेलिएको आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई पाँच विकेटले हराएको थियो । नेपाल प्रतियोगिताको साविक विजेता पनि हो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस