आरसीबीविरुद्ध मुम्बईको शानदार जित, मुम्बईको आईपीएलमा दोस्रो जित

काटमाडौं / जारी सत्रौं संस्करणको आईपीएल क्रिकेटमा मुम्बई इंडियन्सले रोयल च्यालेन्जर्स बेंगलूरु (आरसीबी) विरुद्ध शाननदार जित निकालेको छ । मुम्बईले आफ्नो दोस्रो जितका लागि आरसीबीलाई ७ विकेटले हरायो ।
आरसीबीले दिएको १९७ रनको विशाल लक्ष्य मुम्बईले मात्र १५ दहलाव ३ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । मुम्बईका लागि ओपनर इशन किशनले ३४ बलमा ७ चौका र ५ छक्का सहित सर्वाधिक ६९ रन बनाउन सफल भए भने अर्का ब्याट्सम्यान सूर्यकुमार यादवले १९ बलमा ५ चौका र ४ छक्का सहित ५२ रनको विष्फोटक इनिङ खेले ।
रोहित शर्माले २४ बलमा ३८ रन बनाएर आउट भए भने कप्तान हार्दिक पन्ड्याले ६ बलमा २१ रन बनाए । आरसीबका लागि आकाश दिप, विजयकुमार विशाक र विल ज्याक्सले समान १–१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आरसीबीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९६ रन बनाएको थियो। आरसीबीका लागि कप्तान फ्याफ डु प्लेसिसले सर्वाधिक ६१ रन बनाए भने दिनेश कार्तिकले २३ बलमा ५ चौका र ४ छक्का सहित ५३ रन जोडे । रजत पतिडरले २६ बलमा ५१ रन बनाए ।
मुम्बईका जसपृत बुम्राह एक्लैले ५ विकेट लिए भने जेराल्ड कोट्जी, आकाश मध्वाल र श्रेयास गोपालले १-१ विकेट लिएका थिए ।
जित पछि मुम्बई ५ खेलमा ४ अंक सहित सातौं स्थानमा छ। आरसीबी भने ६ खेलमा २ अंक सहित आन्तिमबाट दोस्रोमा छ।
प्रतियोगितामा आज लखनऊ सुपर जाएन्ट्स र दिल्ली क्यापिटल्स बिच खेल हुँदै छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस