मौसम : पहाडी भागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

तातोखबर / पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण शुक्रबार बिहान कोशी प्रदेशलगायत देशको पहाडी भागमा आंशिक बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भागमा मौसम सामान्यतया सफा रहेको छ।
दिउँसो पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहने र बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थान साथै बाँकी पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानमा हल्का हिमपातको अनुमान गरिएको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार राति कोशी र मधेश प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रहनेछ। बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ प्रक्षेपण गरिएको छ ।
कोशी र गण्डकी प्रदेशको पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस